यूएईमा जारी १३ औँ सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत कोलकोता नाइट राइडर्सले चेन्नइ सुपर किङ्सलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।
शेख ज्यायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकोताले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनायो ।
कोलकाताका लागि राहुल त्रिपाठीले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ८१ रनको योगदान गरे । त्यस्तै प्याट कमिन्सले र सुनिल नारायनले समान १७ रनको योगदान गर्न सफल भए ।
बलिङतर्फ चेन्नईका लागि डुवाइन ब्राभोले सर्वाधिक चार विकेट लिए । त्यसतै शादुर्ल ठाकुर, श्याम करन र करन शर्माले समान दुई–दुई विकेट लिए ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । आजको खेलमा जित निकाल्दै चेन्नई लिगमा तेस्रो जितको खोजिमा हुनेछ । साविकको उप–विजेता टोली समेत रहेको चेन्नई आजको खेलमा सहज जित निकाल्ने योजनामा रहेको छ ।
यता आईपीएलको यस सिजनको उपाधि दावेदार रहेको कोलकक्ता आजको खेलमा पनि जित निकाल्ने योजनामा रहेको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते