कारको ढोका फुटाएर ४ लाख लुटपाट, ३१ वर्षीय भण्डारी पक्राउ

कारको ढोका फुटाएर ४ लाख लुटपाट, ३१ वर्षीय भण्डारी पक्राउ

car-thif

सांकेतिक तस्विर

भक्तपुर – कारको ढोका फुटाएर नगद ४ लाख लुटपाट गरेको अभियोगमा प्रहरीले ३१ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ

काठमाडौं बालाजु बस्ने ३० वर्षीय पुरुषको बा १५ च ४०५ नम्बरको कारको ढोका फुटाई नगद ४ लाख रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा लोकन्थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३१ वर्षीय धन बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनको साथबाट अमेरिकी डलर १ को २ सय ९८ वटा, २ को १ वटा, ५० को ३ वटा र १ थान सादा कागजको बिट्टो समेत बरामद गरेको छ । साथै उक्त घटनामा संलग्न रहेका उनकै साथी २५ वर्षीय कमल खड्काले लुटपाट गरेको नगद लिई फरार भएकोले प्रहरीले उनको पनि खोजी गरिरहेको जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ