गण्डकी प्रदेशमा थप ३७ जनालाई कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ३७ जनालाई कोरोना पुष्टि

Gandaki-Map copy

गण्डकी प्रदेशमा थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ३७ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ३ जना, लमजुङका २ जनालाई संक्रमण पुष्टि भएको छ ।

बाग्लुङका ३२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित बाग्लुङ नगरपालिका तथा काठेखोलाका रहेका छन् । बाग्लुङ २ का १ जना नेपाली सेना तथा १ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् । त्यस्तै काठेखोलाका सबै जना भारतबाट आएका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४३६७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds