पोखरा लेकसाईड फुटपाथमा रहेका होडिङ बोर्ड तथा साईन बोर्ड हटाउन सुरु

पोखरा लेकसाईड फुटपाथमा रहेका होडिङ बोर्ड तथा साईन बोर्ड हटाउन सुरु

Lakeside

पोखरा, ५ फागुन/ पोखराको लेकसाईड क्षेत्रमा जथभावी फुटपाथ तथा बिजुलीका पोलहरुमा राखिएका साईन बोर्ड तथा होडिङ बोर्ड हटाईएको छ ।

लेकसाईडमा मापदण्ड विपरित फुटपाथ क्षेत्रमा तथा बिजुलीका पोलहरुमा जथभावी राखिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु हटाइएको लेकसाइड सरसफाइ तथा अनुगमन समितिका संयोजक तथा वडा सदस्य हरिकृष्ण पहारीले बताए । विभिन्न व्यापारीहरुले आफ्नो बजारको प्रचार गर्ने उद्धेश्यले फुटपाथ क्षेत्रकै बटुवाहरु हिड्ने स्थलमै साईन बोर्ड तथा होडिङ बोर्ड राखेकोले उक्त सामाग्रिहरु  हटाइएको पहारीले जनाए ।

पोखरा लेखनाथ महानगरपालीका, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, क्लिन लेकसाईड, नगर प्रहरी तथा नेपाल प्रहरी, नागरिक समाज, आमा समुह लगायतको अगुवाईमा भएको अनुगमनमा करिब वटा साईन बोर्ड नियन्त्रणमा लिईएको संयोजक पहारीले बताए ।

उनका अनुसार नियन्त्रणमा लिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु महानगरपालिकामा राखिएको छ । हल्लनचोक देखि बाराहीघाट सम्मको क्षेत्रमा अनुगमन भएको पहारीले जनाए । दुई गाडी करिब ७० वटा साइनब बोर्ड महानगरपालिकामा मापदण्डविपरित राखिएका साईन बोर्ड तथा होर्डिङ बोर्डहरु लगिएको संयोजक पहारीले जनाए ।

अनुगमनमा सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष भिम पराजुली, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु भट्टराई, क्लिन पोखराका अध्यक्ष महेन्द्र नेपाली, सरसफाई अभियानका संयोजक सोभित परियार, पर्यटन व्यवसायी मंगल नेपाली, लगायतकाको सहभागिता रहेको थियो । विभिन्न व्यापारिक प्रवद्र्धन गर्न सडक पेटिमा राखिएका साईन बोर्डहरु टोलीले नियन्त्रणमा लिएको थियो । अनुगमन टोलीले पुनः अनुगमनलाई तिव्रता दिने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds