तनहुँ आँँबुखैरेनीका युवा व्यवसायी श्रेष्ठ कुनैपनि राजनीतिक पार्टीमा नरहने घोषणा

तनहुँ आँँबुखैरेनीका युवा व्यवसायी श्रेष्ठ कुनैपनि राजनीतिक पार्टीमा नरहने घोषणा

Abhiyan Shrestha Aabukhaireni Tanahun

तनहुँ । तनहुँको आँबुखैरेनीका युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले आफु कुनैपनि राजनीतिक पार्टीमा नरहने घोषणा गरेका छन ।

उनले भने ‘आजदेखि कुनै पनि राजनैतिक पार्टीमा नरहने र सधै स्वतन्त्र भई समाजको हक–हित, अधिकार तथा दुःखमा परेकाहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्दछु ।’

आफु व्यवसायी भएका कारण राजनितीमा समय निकाल्न समस्या भएकोले पार्टीमा आवद्ध नभई स्वतन्त्र रुपले यस क्षेत्रको विकास तथा समाज सेवामा हरदम लागि रहने श्रेष्ठले बताए ।

यसअघि युवा समाजसेवी तथा व्यवसायी श्रेष्ठ नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितीका वरिष्ठ उपाध्यक्ष थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds