पोखराका ६ सहित गण्डकीमा २१ कोरोना संक्रमित थपिए

पोखराका ६ सहित गण्डकीमा २१ कोरोना संक्रमित थपिए

Pokhara valleyy

पोखरा । कास्की जिल्ला पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका ५ वटा वडाका ६ जना सहित प्रदेशमा मंगलवार २१ जना नयाँ कोरोना संक्रमति थपिएका छन ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा वडा नं १ का १८ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, ८ का ३३ वर्षीय पुरुष, १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

तनहुँमा २ जना नयाँ कोरोना संक्रमित थपिएका छन । तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकामा थप नयाँ कोरोना संक्रमित थपिएका हुन । जिल्लाको व्यास-१ की ३० वर्षीया महिला र देवघाट-५ की ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । व्यास-१ की ३० वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएकी हुन ।

स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ६ का २६ वर्षी पुरुष हुन् । संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।

यता चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ११ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित गैंडाकोट, मध्यविन्दु तथा कावासोतीका हुन् । संक्रमित सबै सोही अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।

गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सिरानचोक ३ का २२ वर्षीय पुरुष हुन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको सँख्या ४ हजार २ सय ६४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds