१४ वर्षीया भतिजीलाई करणी गर्ने २१ वर्षीय युवकलाई बच्चा जन्मेपछि पक्रेर सर्लाहीबाट पोखरा ल्याइयो

१४ वर्षीया भतिजीलाई करणी गर्ने २१ वर्षीय युवकलाई बच्चा जन्मेपछि पक्रेर सर्लाहीबाट पोखरा ल्याइयो

balatkaar

कास्की प्रहरीले १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

गत वर्ष २०७६ पुस २ गते राति आफ्नै भतिजी नाता पर्ने बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई हाडनाता करणी गर्ने २१ वर्षीय युवकलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरी कास्की ल्याएको छ ।

पीडितले अनिच्छित गर्भबाटै छोरा जन्म भएको भन्ने जाहेरीको आधारमा जिल्ला सर्लाही बस्ने आरोपित ति युवालाई असोज १८ गते पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

आरोपित बिरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी हमालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ