ट्रम्पको स्वास्थ्य अवस्था थप जटिल, शरीरमा घट्यो अक्सिजनको मात्रा

ट्रम्पको स्वास्थ्य अवस्था थप जटिल, शरीरमा घट्यो अक्सिजनको मात्रा

Trump, New York, USA – 26 Sep 2018

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

राष्ट्रपति ट्रम्पमा कोरोनाका लक्षणहरू बढ्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । शुक्रबार उनलाई ‘उच्च ज्वरो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो ।

चिकित्सकहरूका अनुसार एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको छ । यो रगतमा हुनुपर्ने अक्सिजनको सामान्य दायराको तल्लो सीमा हो।रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड-१९ भएको मानिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds