पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित थप ७ जनाको पछिल्लो २४ घन्टाभित्र मृत्यु भएको छ । मृत्यु हुनेमा महिला चारजना र पुरुष तीनजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँके जिल्लामा एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको छ । काठमाडौं र ललितपुरका एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी चितवन, मकवानपुर र कञ्चनपुरका एक–एक महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
योसमेत देशभर हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम