प्रधानमन्त्री निवास बालुवाटारका ६५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

प्रधानमन्त्री निवास बालुवाटारका ६५ सुरक्षाकर्मीमा कोरोना पुष्टि

baluwatar

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

अझै केही रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । शनिबार प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीलाई भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds