पोखरा – अवैध लागुऔषध सहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १९ जैमुरे बस्ने २१ वर्षीय समिर गुरुङ रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार उक्त स्थानमा लागुऔषधको बेचबिखन भैरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले शनिबार बिहानै अन्दाजी ४ बजेको समयमा चेकजांच गर्ने क्रममा गुरुङको साथमा रहेको झोलाबाट अवैध लागुऔषध फेला पारेको हो ।
प्रहरीले उनको झोलाबाट नुरफिन ७ थान , फेनारागन ७ थान, डाइजेपाम ७ थान सहित गाँजा १६ वटा रोल अन्दाजी ३५० ग्राम वरामद गरेको छ ।
पक्राउ परेका गुरुङमाथी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ