पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एक किशोरको समयमै उद्धार गरिएको छ । पोखरा १८ बस्ने १९ वर्षिय अमन थापा प्याराग्लाईडिङ्ग गर्ने क्रममा पोखरा महानगरपालिका १८ खपौदी स्थित वाटरफन्ट नजिकै फेवातालमा खसेका थिए । थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । फेवातालमाथि उडिरहेका उनी प्याराग्लाइडिङबाट फेवा तालमा खसेका थिए ।
सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिकाबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई तत्कालै उद्धार गरेको हो ।
प्याराग्लाइडिङमा उनी एक्लै उडिरहेको प्रहरी श्रोतले जनाएको छ । प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ