एमाले अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, सपथ आजै, पहिलो कार्यकाल जस्तै सफल होला ?

एमाले अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, सपथ आजै, पहिलो कार्यकाल जस्तै सफल होला ?

kp oli

काठमाडौं ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।

वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।

बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक/एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।

यो उनको दोस्रो कार्यकाल हो । नाकाबन्दी लागेको एक महिनामा उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । नाकाबन्दीलाई भारतसामु नझुकी सुरक्षित अवतरण। चीनसँगको राष्ट्रिहितका सम्झौताका कारण उनले राष्ट्रबादी छवि बनाउन सफल भए । अब त्यस्तै सफल हुन्छन् कि हुँदैनन् ? भन्ने चासो पनि जनमानसमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ