प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई ऊर्जामन्त्रीको प्रश्न – लाइन किन काटिन थाल्यो ?

प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई ऊर्जामन्त्रीको प्रश्न – लाइन किन काटिन थाल्यो ?

urja-mantri

काठमाण्डौ – पछिल्लो समय राजधानी लगायत देशका विभिन्न स्थानहरुमा विद्युत काटिएको विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले चासो व्यक्त गरेका छन् ।

बिहिबार मन्त्रालयमा सचिव तथा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई बोलाएर लगातार विद्युत् काटिनुको कारणका बारेमा सोधखोज गरेका हुन् ।

उनले लगातार विद्युत् किन काटियो भन्ने प्रश्न गर्दै जनस्तरबाट गुनासो आएको र समस्याको सम्बोधन गर्न समेत निर्देशन दिएका छन्  ।

उनले निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बाहिरिने बित्तिकै बत्ती काटिनु आफैमा राम्रो नभएको भन्दै कि त्यस्तो भएको हो भनेर प्रश्न गरेका थिए ।

पुनले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मुल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds