बामदेवलाई राष्ट्रियसभामा जान सर्वोच्चले रोक्यो

बामदेवलाई राष्ट्रियसभामा जान सर्वोच्चले रोक्यो

bamdeb-gautam

काठमाण्डौ – हालै मात्र राष्ट्रिय सभामा नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई हाल सो सदस्यको रुपमा काम नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसद्को रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रिय सभाको सदस्यमा नियुक्ती बदरको माग गर्दै सोमबार सर्बोच्चमा रिट दायर गरेका थिए । गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्ने निर्णय अघि नबढाई यथावत् अवस्थामा राख्नु भन्ने आदेश गरेको हो । उनको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै सो आदेश दिइएको हो।

मन्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका गौतमले १ असोजमा राष्ट्रिय सभा सदस्य पदको सपथ समेत खाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds