भारतको आन्ध्र प्रदेशमा चोरीको निकै रोचक घटना भएको छ । यहाँ चोरी गर्नको लागि एउटा घरभित्र पसेका चोर घरभित्र एसीको शितल हावाका कारण त्यहीँ निदाए । उनी ब्यूँझिँदा आफू पुलिसको फन्दामा परिसकेको थाहा पाएका थिए । भारतीय संचारमाध्यमका अनुसार गोदावरी जिल्लाको गोकवारममा २१ वर्षका सूरी बाबु त्यहाँका सत्ती भेंकट रेड्डीको घरमा चोरी गर्न गएका थिए ।
भेंकट रेड्डी त्यहाँ पेट्रोल पम्प चलाउँछन् । उनको घरमा ठूलो रकम भएको अनुमानमा चोरी गर्न गएका सूरी बाबु एयर कण्डिशनरको शितल हावाको अगाडि टिक्न सकेनन् र त्यहीँ निदाए । सूरीले पुलिसलाई बताएअनुसार उनले विगत केही दिनदेखि घर मालिकको दिनचर्यालाई नियालिरहेका थिए । चोरी गर्न उपयुक्त समयको पहिचान गरेर सूरी १२ सेप्टेम्बरमा बिहान ४ बजे घरमा पसेका थिए । घरभित्र गएर उनी घरमालिक भेंकट रेड्डीको कोठामा गए ।
सूरी बाबुले पुलिसलाई बताएअनुसार उनी अघिल्लो दिन दिनभरी काम गरेर थाकेका थिए र एसीको शितल हावा पाएपछि उनलाई निद्रा लाग्यो । उनले घरमालिक रेड्डीको बेडमुनि नै केही बेर आराम गर्ने सोचे । तर, उनी निदाएपछि जोडले घुर्न थाले जसका कारण घर मालिकको निद्रा खुल्यो । घर मालिक भेंकट रेड्डीले बाहिर निस्किएर कोठाको ढोका बाहिरबाट बन्द गरिदिए । उनले पुलिसलाई फोन गरे र बिहान करिब साढे ७ बजे पुलिस आएर सूरीलाई ब्यूँझाएर गिरफ्तार गरेको थियो । सोधपुछमा सुरीले आफू मिठाइ पसलमा काम गर्ने र लकडाउनका कारण आर्थिक अभाव भएपछि पहिलो पटक चोरी गर्न लागेको बताएका छन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु