, ८२३ जना डिस्चार्ज
नेपालमा बितेको २४ घण्टामा १,३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको छ ।
यो अवधिमा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् भने यससँगै कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको सरकारी तथ्यांकले देखाउँछ ।
मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।
थप २ जनाको मृत्यु
सरकारी तथ्यांक अनुसार बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको ज्यान गएको छ । यो सँगै हालसम्म मृतकको कुल संख्या ४२९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
उपत्यकामा थप ६४७ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ६४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम