महिलाकै कोठामा गएर जबर्जस्ती करणी, तीनजना पक्राउ

महिलाकै कोठामा गएर जबर्जस्ती करणी, तीनजना पक्राउ

rape-1

सांकेतिक फोटो

काभ्रे – २८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा तीनजनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका-४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरू महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन् ।

उनीहरूले विभिन्न डरत्रास धाकधम्की देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ