गण्डक न्युज पोखरा, २ फागुन / गत पुस २२ गते पोखराको जिरो किलोमिटरमा पार्किङमा राखिएको एक बसमा अचानक आगोलागी भएको थियो । सोहि प्रकृतिको घटना बुधबार पनि दोहोरिएको छ । पोखरा लेखनाथ वडा नं. १४ मझेरीपाटनमा रोकिराखिएको बसमा अचानक आगो लागेको हो ।
पार्किङ गरि राखेको ग १ ख ६९२५ नम्बरको बसमा आगो लागेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली पुग्दा बस भित्र सम्पूर्ण रुपमा क्षति पुगिसकेको प्रहरीले बताएको छ ।
सबेरै ४ बजेतिर घटना भएको थियो । एक्कासी बसबाट धुँवाको मुस्लो बाहिर देखेपछि स्थानीयले प्रहरी गुहारेका थिए । प्रहरीका अनुसार गाडीको अगाडिको सिसा समेत फुटेको छ । आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जिरो किलोमिटरमा रोडवेज एसी ट्राभलको बेनी–बाग्लुङ–पोखरा–काठमाडौं चल्ने ना५ख ७२०४ नम्बरको बसमा दिउँसै आगोलागी भएको थियो । आगोलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ भने सो स्थानबाट बस अझै हटाईएको छैन ।
सम्बन्धित खबर
४७ करोड लागतमा बन्दै रुपा रिङरोडको दोस्रो खण्ड
संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट
संविधान दिवस : स्याङ्जामा प्रभातफेरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
प्रदेश प्रमुख भट्टद्वारा संविधान दिवसमा शुभकामना व्यक्त
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग