आफ्नै बाबुको हत्या गरी खाडलमा पुर्ने आँबुखैरेनीका गुरुङ पक्राउ, शव उत्खनन गरी अनुसन्धान

आफ्नै बाबुको हत्या गरी खाडलमा पुर्ने आँबुखैरेनीका गुरुङ पक्राउ, शव उत्खनन गरी अनुसन्धान

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुको हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ खस्राङ् बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई उनकै २१ वर्षीय छोरा बिरमान गुरुङले भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी मारी गुरुङ रीतिरिवाज अनुसार चिहानमा खाडल खनी पुरी दाहसंस्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली र स्थानीयको रोहवरमा उक्त शव खाडलबाट उत्खनन् गरी जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतकको शवलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा (पश्चिमञ्चल क्षेत्रीय अस्पताल पोखरा) पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको छोरा बिरमानलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ