पोखरा – पोखराका १३ जना सहित गण्डकीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको शनिबारको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्ला कास्की- १३, स्याङ्गजा- १, तनहुँ- ३ र नवलपुरका- ३४ गरी कूल ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा- ४ का ४०, १८, ४१ वर्षीय पुरुष त्यस्तै ७१ वर्षीया महिला, पोखरा- ७ का ४७ वर्षीय पुरुष, पोखरा-८ का ३५, २८, २८ वर्षीय पुरुष, पोखरा- ३० का २१ वर्षीय पुरुष, पोखरा- १२ का ५४, २४ वर्षीया महिला, पोखरा-२७ का २९ वर्षीय पुरुष, पोखरा-६ का३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
पोखरा विश्वविद्यालयमा कार्यरत १ जना चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४०२पुगेको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम