पोखरामा आज पुष्टि भएका सर्वाधिक ७४ संक्रमित को कहाँका ?

पोखरामा आज पुष्टि भएका सर्वाधिक ७४ संक्रमित को कहाँका ?

pokhara ward

पोखरा । पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज फेला परेका छन् । पोखरामा आज  बिहीबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार स्वास्थ्य निर्देशनालयको पहिलो, दोर्स्रो र तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन १५ वडाका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।अहिलेसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च संख्या हो ।

कास्कीमा हालसम्म ७६६ संक्रमित फेला परेको छ, जसमध्य २८० जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४७५ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका चार जनामा कोरोना पुष्टि

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा- २० का २३ वर्षीया महिला, पोखरा- ९ का २९ वर्षीय पुरुष, पोखरा- १५ का २९ वर्षीय पुरुष र पोखरा- १० का २० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

  • दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका थप दुई महिला दुई पुरुषमा कोरोना पुष्टि

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ पोखरा- ५ का ४२ वर्षीया महिला, पोखरा-१० का ३४ वर्षीया महिला, पोखरा-१५ का २९ वर्षीय पुरुष, पोखरा-१८ का १९ वर्षीय पुरुष र पोखरा-८ का ३४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

  • तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार  एकैपटक ४० प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- ८ का ३९, २१, ३४ वर्षीय पुरुष र ३८ वर्षीया महिला पोखरा- १४ का ३५ वर्षीय पुरुष, पोखरा- १० का २६ वर्षीया महिला र १९ वर्षीय पुरुष, पोखरा १७ का ३७ वर्षीय पुरुष, पोखरा- २३ का २३ वर्षीय पुरुष, पोखरा- ४ का ५३, २० वर्षीया महिला, पोखरा- १५ का २१, १८ ३५,३७, ३९  वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै पोखरा- ३१ का ३५, ५० वर्षीय पुरुष र ७२, ४५, ४३ वर्षीया महिला, पोखरा- २७ का  १८, १५ वर्षीय पुरुष, पोखरा- २९ का २५ वर्षीया महिला र ४० वर्षीय पुरुष र पोखरा ३३ का ४३ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ

पोखरा महानगरपालिका-१५ का ३९ जना पुरुषहरु र १ जना महिला नेपाल प्रहरीमा कार्यरत छन् ।

त्यसैगरी पोखरा महानगरपालिका-८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्‍वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds