‘साँढे’ बनेपछि काभ्रेमा ट्रिपरलाई टाइम कार्ड, प्रहरी भन्छ-ट्रिपरकै कारण तीन महिनामा ८ को मृत्यु

‘साँढे’ बनेपछि काभ्रेमा ट्रिपरलाई टाइम कार्ड, प्रहरी भन्छ-ट्रिपरकै कारण तीन महिनामा ८ को मृत्यु

Untitled

काभ्रे, २९ माघ  । भक्तपुरको जगाती कटेपछि सिन्धुपाल्चोक र सिन्धुलीको सिमानासम्मका राजमार्गमा दुर्घटना हुने वित्तिकै कतिपय ट्रिपर चालकलाई ज्यान जोगाउानै मुस्किले हुने गरेको छ ।

अरनीको राजमार्गको साँगामा गत साता ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो तर ट्रिपर चालकले नै थाहा पाएनन् । अरनीको राजमार्गको जनागाल खण्ड आएपछि प्रहरीले ट्रिपरलाई रोक्दै गरेको देखेपछि मात्रै थाहा पाए दुर्घटना भएछ ।

बा४ख ३३३६ नम्बरको टि्रपरले गत साता बनेपाको नालामा ढक्कर दिदा भक्तपुरका बद्री खड्काको मृत्यु भयो । चालकले धेरै नै मापसे गरेको प्रहरी अनुसन्धानले देखायो । जिल्ला प्रहरी कार्यालय काभ्रेले नक्कली लाइसेन्स बोकेर ट्रिपर चलाउाने २९ जनालाई यो वर्ष पनि मुद्दा चलाएको छ । तर, जति कसिलो बने पनि अरनीको राजमार्ग र विपी राजमार्गमा ट्रिपर आतंकमा कमी हुन सकेको छैन् ।

तीन महिनामा ८ को मृत्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गत तीन महिनाको अवधिमा काभ्रेमा ट्रिपरकै कारण भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

यो अवधिमा भएका दुर्घटनामा बटुवा र मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । तीन महिनामा मात्रै ६० वटा भन्दा बढी गम्भीर किसिमका दुर्घटना भएका छन् । दुर्घटनाबाट २४ जना गम्भीर घाइते बनेका छन् ।

साँगा-बनेमामा अनिश्चित जीवन

प्राय अरनीको राजमार्गको साागादेखि बनेपासम्म धेरै दुर्घटना हुने गरेको छ । बनेपाबाट पनौती खण्ड, विपी राजमार्गको काभ्रेभञ्याङदेखि नेपालथोक र अरनीको राजमार्गको धुलिखेलबाट दोलालघाटसम्म धेरै नै दुर्घटना हुने गरेको छ ।

प्रहरीका अनुसार एकान्त चेकिङ नहुने स्थानमा ट्रिपर चालकले अरु सवारीसाधनलाई बाटो नै दिदैनन् । जवरजस्त ट्रिपर कुदाउने गरेको प्रहरीको भनाइ छ ।

कानून के भन्छ ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(१) ले नियतबस दुर्घटना गराइएको र सो ढहरीए १० वर्ष भन्दा बढी जेल बस्नु पर्ने छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) लपरवाही गरेर दुर्घटना गराइएको ठहरीएमा २ महिना देखि १० वर्षसम्म जेल बस्नु पर्ने छ ।

प्राय यो दफा टि्रपर दुर्घटना पछि लगाइने दफा हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(३) भवितव्य भएको दुर्घटनाामा २ महिना देखि ३ वर्षसम्म जेल बस्नु पर्ने छ ।

अब काभ्रे चल्ने ट्रिपरलाई टाइम कार्ड

दैनिकजसो ट्रिपरकै कारण दुर्घटनामा वृद्धि भएपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले टाइम कार्ड लागू गर्ने भएको छ ।बनेपामा एक कार्यक्रम गर्दै ट्राफिक कार्यालय काभ्रेले आगामी फाल्गुन १ गतेबाट काभ्रे भित्र चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

दैनिक दुर्घटना बढ्दै गएकाले दुर्घटनाको मूख्य कारण बनेको तीब्र गति नियन्त्रणका लागि काभ्रेमा चल्ने ट्रिपरहरुलाई टाइम कार्डको व्यवस्थापन गर्न लागिएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंङ मल्लले बताए ।

काभ्रेबाट दैनिक ३ हजार भन्दा बढी ट्रिपरले निमार्ण सामाग्री बोकेर राजधानी भित्रने गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds