पोखरा – अप्रेशन गरेर बच्चा निकालिएकी तनहुँकी युवतीमा कोरोना देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अत्यावश्यक बाहेकका अन्य प्रसुति सेवा बिहीबारसम्मको लागि बन्द गरिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका १० निवासी २४ वर्षीया महिला गत भाद्र २७ गते अस्पतालको आकस्मिक प्रसुति कक्षमा भर्ना भएकोमा कोरोना संक्रमणको आशंका पश्चात भाद्र २८ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा भाद्र ३० गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालले अपरेशन विभाग तथा प्रसुति कक्ष निर्मलीकरण तथा उनको उपचारमा संग्लग्न चिकित्सकलाई क्वारेन्टाइनमा राखी स्वाब परीक्षण रिपोर्ट नेगेटिभ नआउँदासम्म अस्पतालले प्रदान गर्दै आएको अत्यावश्यक बाहेकका प्रसुति सेवा आगामी असोज १ गते बिहीबारसम्मको लागि बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ