मन्त्रीको सुविधासहित खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

मन्त्रीको सुविधासहित खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

Yuvaraj-khatiwada

काठमाण्डौ – सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व–अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

सरकारले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । खतिवडाले गत भदौ १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिनुएका थिए ।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds