वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको छ ।
नारायणी अस्पतालमा उपचारका क्रममा भदौ १२ गते ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई त्यही दिन गण्डक अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । त्यसपछि भदौ २२ गते पुन: पीसीआर परीक्षण गर्दा पनि उनको रिपोर्ट फेरि पोजिटिभ आएको थियो ।
निमोनिया भएकी ती महिलालाई आइसीयुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गत शनिबार भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको हो ।
मृत्यु हुनु भन्दा पहिले तेश्रो पटक उनको स्वाब संकलन गरी परीक्षण गर्दा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको डाक्टर थियो। मृत्यु हुनु भन्दा पहिले संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले शव दाह संस्कारका लागि आइतबार नै परिवारजनको जिम्मा लगाइएको कोभिड अस्पतालले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम