तनहुँको व्यास नगरपालिकाको २८ वर्षीय पुरुषमा कोरोना पुष्टि

तनहुँको व्यास नगरपालिकाको २८ वर्षीय पुरुषमा कोरोना पुष्टि

Corona Positive

तनहुँ । तनहुँमा १ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको व्यास नगरपालिका-४ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।

संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशनालयले जनाएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

सोमबार बिहान मात्रै तनहुँको ऋषिङ गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds