तनहुँको ऋषिङ गाउँपालिकामा एकैपटक ११ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको ऋषिङ गाउँपालिकामा एकैपटक ११ जनामा कोरोना संक्रमण पुष्टि

kathmandu

तनहुँ । तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको ऋषिङ गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ऋषिङ-५ का २२, २८ र १९ वर्षीय ३ जना पुरुष, ऋषिङ-६ का २० वर्षीय पुरुष, ऋषिङ-८ का ५१ वर्षीय पुरुष,
ऋषिङ-२ का १८, ५२, २० र २६ वर्षीय ४ जना पुरुष, ऋषिङ-३ का ३८ वर्षीय पुरुष र ऋषिङ-४ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसअघि कोरोना संक्रमण मुक्त भएको ऋषिङ गाउँपालिकामा आज सोमबार एकैपटकमा ११ जना कोरोना संक्रमित थपिएका हुन ।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भईरहेकोे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds