तनहुँ । तनहुँमा ५ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको व्यास नगरपालिका वडा नम्बर ४ र म्याग्दे गाउँपालिका वडा नम्बर ४,६ र १ का ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-४ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै म्याग्दे-४ का ३० वर्षीय पुरुष, म्याग्दे-६ की २५ वर्षीया महिला, म्याग्दे-१ का २० र २९ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँमा कोरोनाको अवस्था
तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३५ जना पुगेको छ भने निको हुनेको सङ्ख्या २२६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ