गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ हजार ९०३ पुग्यो

गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ हजार ९०३ पुग्यो

Gandaki covid corona 1

गण्डकी प्रदेशमा शनिबार थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वस्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान ११ बजे र दिउँसो १२:0५ बजे दुई पटक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार पहिलो विज्ञप्तिमा ४५ जना र दोस्रो विज्ञप्तिमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

निर्देशनालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार कास्की, स्याङ्जा, लमजुङ र नवलपुर गरी गण्डकीका ४ जिल्लाका ३८ जनामा कोरोना देखिएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ७ वटा वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० देखि ५१ वर्ष उमेर समुहका १७ जना महिला र १५ देखि ३५ वर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन् ।

यस्तै लमजुङ बेशीसहर ३ का ३७ वर्षीया एक महिला, स्याङ्जा वालिङका ६५ वर्षीया महिला र ३०, ३०, ४० तथा ६५ वर्षका ४ पुरुष र नवलपरासी पूर्व बिनयत्रिबेणीका २ महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पहिलो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा शनिबार बिहान कास्की, गोरखा र नवलपुर गरी ३ जिल्लाका थप ४५ जानामा कोरोना देखिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखराका दुई पहिला सहित थप १० जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित हुनेमा महिलाहरुमा पोखरा महानगर–३ का ३० वर्षीया महिला तथा पोखरा– ५ की ४५ वर्षीया महिला छन् ।

पोखरा– ५ की महिलाको भने पोखराको फिस्टेल अस्पतालमा शुक्रबार राति मृत्यु भएको र मृत्यु पछि कारोना रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै संक्रमित पुरुषहरुमा २८ का ४८ वर्षीय, पोखरा ७ का २७ र २८ वर्षीय दुई जना, तथा १६ का ३४, १८, १६, २१, १८ वर्षका ५ जना रहेका छन् ।

यसैगरी गोरखाका १ जनालाई कोरोना पुष्टि भएको छ । उनी जिल्लाको आरुघाट गाउँपालिका ८ का ३१ वर्षीया महिला हुन् ।

त्यस्तै नवलपरासी पूर्वका ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै देवचुलीका विभन्नि वडाका हुन् । संक्रमित मध्य ६ वर्षीया बालिका देखि ४० वर्ष उमेर समुहका ६ महिला र २६ देखि ६५ वर्ष उमेर समुहका २८ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ९ सय ३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds