मेघगर्जन र चट्याङसहित यी स्थानहरुमा भारी बर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित यी स्थानहरुमा भारी बर्षाको सम्भावना

mausam

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । साथै पश्चिम बंगाल नजिक न्यून चापीय क्षेत्रको पनि विकास भएको छ ।

महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ ।

यस्तै दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश–१ र प्रदेश–२ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds