तनहुँ । तनहुँको दुलेगौँडा-हर्कपुर सडकखण्डमा शुक्रबार दिउँसो यात्रुवाहक जीप दुर्घटना भएको छ ।
दुलेगौँडा बजारबाट व्यागनतर्फ जाँदै गरेको ग १ ज ६०१९ नम्बरको यात्रुवाहक जीप शुक्लागण्डकी नगरपालिका–३ हटियामा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
‘घाइतेलाई दुलेगौंडाको अस्पतालमा पठाइएको छ ।’ डिएसपी तिमिल्सिनाले भने ‘३ जना घाइतेको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको छ ।
अबिरल वर्षाको कारणले कच्ची सडकको बिग्रदो अवस्था हुँदा ग्रामीण सडकको दुर्घटना हुने गरेको छ ।
जीपको पिकअप टुटेर दुर्घटना भएको प्रत्यक्षदर्शी सुरज लम्सालले बताए ।
ईलाका प्रहरी कार्यालय बेलचौताराको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ ।
तस्बिर : सुरज लम्साल
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते