गण्डकीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार थप ५ जिल्लाका ४८ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि, बिहाना गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।
पोखरामा फेरि थपिए १० संक्रमित, मेट्रोसिटीका स्वास्थ्यकर्मी तथा बिरामीमा पनि कोरोना
पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १७ का ३६ वर्षीय पुरुष, वडा नं. २६ का ३६ र ५० वर्षीया २ महिला, वडा नं. ३० का ४९ वर्षीय पुरुष, वडा नं. ७ का ३४ र २५ वर्षका २ पुरुष तथा वडा नं. २७ का २१ र २२ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखरा सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि तथा सोही अस्पतालमा उपचारका लागि पुगेकी ३५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसैगरी पर्वत कुश्मामा २३ र ६८ वर्षका २ पुरुष तथा लमजुङ बेसीसहर स्थित सामुदायिक अस्पतालमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी महिला, लमजुङ बेसिसहरका २ वर्षीया बालिका र २९ वर्षीया महिला तथा २३ र ५१ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

तनहुँका १० तथा नवलपरासी (ब.सु.पू) का थप २१ तथा जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँको भानु नगरपालिकामा ५ जना सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नगरपालिकाको वडा नम्बर १ का १ महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यी बाहेक सोही नगरपालिकाका अन्य संक्रमितहरुमा वडा नम्बर ६ का २ पुरुष सहित १ महिला रहेकी छिन् ।
नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ५, ८ र १६ का १/१ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लाको विनयत्रिवेणी ३ का ६ जना पुरुष, ४ का ५ पुरुष सहित ६ महिला तथा वडा नम्बर ५ का १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ७ सय ९५ पुगेको छ ।

सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला