सामाजिक सञ्जालमा कोरोना भाइरसबारे झुट्टा अफवाह फैलाउने पोखराका २ जना पक्राउ

सामाजिक सञ्जालमा कोरोना भाइरसबारे झुट्टा अफवाह फैलाउने पोखराका २ जना पक्राउ

arrested

पोखरा – कोरोना भाइरस (कोभिड -१९) को परीक्षण रिपोर्ट बारे झुट्टा अफवाह फैलाएको अभियोगमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका ७ घर भइ हाल पोखरा ५ बस्दै आएका २९ वर्षीय ईश्वर रिमाल र चितवन जिल्ला भरतपुर महानगरपालिका ४ घर भइ हाल पोखरा ९ नयाँ बजार बस्दै आएका २२ वर्षीय निरज लम्साल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले प्रदेश जनस्वास्थ्य प्रयोगशाला (गण्डकी) पोखरामा कोरोनाको पीसीआर टेस्ट गराएकोमा वास्तविक रिपोर्ट भन्दा उल्टोसुल्टो पारी सामाजिक सञ्जालमा झुट्टा अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

अफवाह फैलाउने दुवै जना मोवाइल पसलका संचालक हुन् । उनीहरु मध्ये रिमाललाई भदौं २४ गते र लम्साललाई भदौ २५ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई झुट्टा अफवाह फैलाएको अभियोगमा मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए  । 

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ