तनहुँ । कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित बुधबार कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) सूचना प्रविधिसँग जोडिएको संस्था भएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिइएको जिल्ला शाखाका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिए । भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा जिल्लाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षासँग सम्बन्धित व्यक्ति र प्रविधिसँग सम्बन्धित व्यक्ति तथा सरोकारवालाको सहभागिता रहने पनेरुले बताए ।
उक्त प्रशिक्षणमा रेगबहादुर भण्डारी र सगुन ढुङ्गानाले सहजीकरण गर्नुहुनेछ । कार्यक्रम सञ्चालनका लागि प्याब्सन, नेशनल प्याब्सनसँग सहकार्य गरिएको छ भने प्रशिक्षक एवं प्राविधिक पक्षका लागि कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) केन्द्रले सहयोग पुर्याएको छ ।
बिहान ८ : ३० बजेदेखि शुरु हुने उक्त कार्यक्रम जुम मार्फत् हुने भएकाले जुम आइडी ९८१२४१९३३१७ र पासवर्ड ३३३१० प्रयोग गरी इच्छुक जोडिन सक्ने कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखाले जनाएको छ ।
सम्बन्धित खबर
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
बन्दिपुरमा चितुवाको आक्रमणमा परी १० वर्षीया बालिकाको मृत्यु
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
तनहुँमा ‘एक वडा, एक पर्यटकीय गाउँ’ बनाइँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु