नेपाली फुटबलमा दुःखद खबरः विक्रम लामा कम्तिमा ६ महिना खेल्न नसक्ने, खुट्टाको शल्यक्रिया

नेपाली फुटबलमा दुःखद खबरः विक्रम लामा कम्तिमा ६ महिना खेल्न नसक्ने, खुट्टाको शल्यक्रिया

bikram-lama-2

काठमाडौं, २७ माघ / नेपाली राष्ट्रिय फुटबलर तथा रुस्लान थ्रीस्टार क्लबका कप्तान बिक्रम लामालाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

शनिबार धरानमा सम्पन्न २० औं बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा खुट्टा भाँचिएपछि लामालाई हवाईजहाजमार्फत काठमाडौं पुर्याइएको थियो । पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडी सँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको हो । पहिलो हाफमा पुलिसका तेज तामाङसँग ठोक्किएका थिए । शनिबार साँझ नै काठमाडौं ल्याइएका विक्रमको दायाँ नली खुट्टाको आजै शल्यक्रिया हुँदैछ ।

क्लबका महासचिव सञ्जिव शिल्पकारका अनुसार डाक्टर चक्रराज पाण्डे नेतृत्वको टोलीले रातीनै शल्यक्रिया गर्नेछ । महासचिव शिल्पकारका अनुसार विक्रमलाई खेलमा फर्कन कम्तिमा पछि छ महिना लाग्नेछ । ‘सामान्य हिडडुलका लागि मात्र पनि तीन महिना लाग्न सक्छ’, शिल्पकारले भने,’खेलमा फर्कनका लागि छ महिना कम्तीमा लाग्ने अनुमान छ ।’

राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका विक्रमको नेतृत्वमा थ्री स्टारले तीन सातामा ३ वटा नकआउट फाइनल खेलेको छ । माघको १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्ड कपको उपाधि जितेको थ्री स्टारले अघिल्लो शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको थियो । तर पुलिससँगै १-० ले हारेको थियो । बुढासुब्बा थ्री स्टारको वर्षको दोस्रो उपाधि हो ।

Source: Hamro Khelkud/Kheldainik

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds