पोखरामा ४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार ! मालेपाटनका ७८ वर्षीय बृद्ध पक्राउ

पोखरामा ४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार ! मालेपाटनका ७८ वर्षीय बृद्ध पक्राउ

balika rape

पोखरा – पोखराकी ४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । नाबालिकामाथि यौन शोषण गरेको आरोपमा पोखरा ५ मालेपाटनका ७८ वर्षीय एक बृद्धलाई प्रहरीले पक्राउ गरेको जनाएको छ

यद्यपी घटना अनुसन्धानको क्रममा रहेकाले आरोपीको नाम सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीका अनुसार बालिकाकी परिवारले घटनाबारे थाहा पाएपछि सोमबार किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात बृद्धलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

‘यौन शोषण भएको भन्दै पीडितका परिवारले जाहेरी दिनुभयो, जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्दैछौं । बाँकी कुरा अनुसन्धानपछि बाहिर आउला’ – कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजसंग भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ