गण्डकीमा कोभिड १९ः आज ८४ जना थपिए, पोखरामा २०, मृत्यु संख्या कूल १९

गण्डकीमा कोभिड १९ः आज ८४ जना थपिए, पोखरामा २०, मृत्यु संख्या कूल १९

Gandaki covid corona 5

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय ३१ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७८५ (निको हुने दर ७०.५२ ५) रहेको छ ।

आज मात्रै गण्डकीमा ८४ जना थपिएका छन् । स्याङ्जाका २२, कास्कीका २०, लमजुङका १६, नवलपुरका १३, तनहुँका ७, बागलुङ र गोरखाका (१ मृतक सहित) ३/३ जनामा पोजेटिभ देखिएको हो ।

लमजुङमा एम्बुलेन्स चालक, बैंक कर्मचारीलाई कोरोना

पछिल्लो चौथो विज्ञप्ती अनुसार लमजुङमा थप १४ जना थपिएका छन् । आज बिहान २ जना थपिएका थिए । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १४ जना संक्रमितहरुमा लमजुङ जिल्ला, सुन्दरबजारका २ जना सरसफाई कर्मचारी छन् ।सोहि पालिकाका ३८ बर्षका दुई पुरुष भारतबाट आएका हुन् ।

बेशीसहर २ का ४१ बर्षीय पुरुष मुक्तिनाथ बिकाश बैंकमा कार्यरत कर्मचारी हुन् । मस्र्याङ्दीका ५८ बर्षीय पुरुष एम्बुलेन्स चालक हुन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

दोस्रो विवरण अनुसार गोरखाका २ जना थपिएका हुन् । गोरखा आरुघाट ६ का २८ वर्षीय पुरुष र पालुङटार १० का ३८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

पार्कल्याण्ड अस्पतालका २ स्वास्थ्यकर्मी सहित पोखराका थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा पहिलो अद्यावधिक विवरण अनुसार ६ जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार बिहानै पोखराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका बिभिन्न ८ वडाका २० जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा १० का ४२ वर्षीय पुरुष, पोखरा ४ का ३५ वर्षीय पुरुष, पोखरा २७ का ४२ वर्षीय पुरुष र २३ र ४२ वर्षीया २ जना (वडा नखुलेको) महिलाको परीक्षणमा कोरोना पोजेटिभ देखिएको निर्देशानालयले जनाएको छ ।

यस्तै क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा ७ का २५ र ५२ वर्षीय पुरुष, पोखरा ८ का ३६ र ३८ वर्षीया महिला र ११ वर्षीय बालक सहित २७ र ४१ वर्षीय पुरुष, पोखरा १० का २५ र ५३ वर्षीया महिला र २७, ३१ र ५२ वर्षीय पुरुष, पोखरा २७ का ३६ वर्षीय पुरुष र पोखरा ३ का २८ र ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । पोखरामा आज पुष्टि भएका २ जना महिला अमरसिंह स्थित पार्कल्याण्ड अस्पतालका स्वास्थ्यकर्मी हुन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना पुष्टि

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गरिएकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए । अर्याल हाल प्रदेश प्रहरी कार्यालयकै क्वार्टरमा छन् । उनमा स्वास्थ्य अवस्था सामान्य नै रहेको निर्देशक शर्माले जानकारी दिए । ५२ वर्षीय अर्यालसँगै अर्का २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।

आफूमा कोरोना संक्रमण पुष्टि भएपनि लक्षण केही नरहेको उनले बताए । अर्यालले संक्रमण पुष्टि भएपनि आफ्नो जिम्मेबारी अनुसारको काम गरिरहेको बताएका छन् । उनी पोखरा स्थित आफ्नै क्वाटरमा आइसोलेशनमा बसेका छन् । उनलाई संक्रमण पुष्टि भएपछि उहाँकी श्रीमती, चालक सहितका सुरक्षाकर्मी, भान्से लगायतका कर्मचारीको आजै स्वाब संकलन गरिएको छ ।

गोरखाकी बृद्धाको मृत्युपछि कोरोना पुष्टि

गोरखा अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएकी वृद्धामा मृत्युपछि कोरोना पुष्टि भएको छ । उपचारको क्रममा मृत्यु भएको गोरखा नगरपालिका वडा नं ७ धारापानीकी ७५ वर्षीया वृद्धाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नमुना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको परिवारका ३ जना सदस्यमा शुक्रवार कोरोना संक्रमण देखिए पछि उनी पनि कन्ट्याक्ट ट्रेसिङमा परेकी थिइन ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । कास्कीका ५, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २-२, म्याग्दी, लमजुङ र बागलुङका १-१ संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जामा १८ जुवाडेलाई देखियो कोरोना भाइरसको संक्रमण

स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमध्ये १८ जना जुवासम्बन्धी कसूरका अभियुक्त हुन् । कोरोना संक्रमितसँग सम्पर्क भएको पाइएपछि क्वारेन्टिनमा राखिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनका अनुसार प्रहरीले एक साता अघि उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds