गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । लायन्स क्लब अफ पोखरा आखिझ्यालले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबको पहिलो कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम गरेको क्लबले जनाएको छ ।
कार्यक्रमका सभापति क्लबका अध्यक्ष दुर्गा सुबेदी रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि लायन्स डिस्ट्रीक ३२५ बी १ का पुर्ब क्याबिनेट सेक्रेटरी तथा हाल चिफ एड्भाईजर चण्डीप्रसाद अर्याल रहेका थिए ।
क्लबले पोखरा-२५ हेम्जाको दिब्यदृष्टी खेल मैदानमा विभिन्न प्रजातिका २० वटा बिरुवाहरु रोपेर उक्त बिरुवाहरुको सरक्षणको लागि १० थान फलामको स्टेन्ड समेत राखेको छ ।
कार्यक्रममा क्लबका एक्सटेन्सन चियरपर्सन डिस्ट्रीक ३२५ बी १ का रिजनल चियरपर्सन मोहन सुबेदि, डिस्ट्रीक ३२५ बी १ का जोन चियरपर्सन गोबिन्द देबकोटा, तथा दिब्यदृष्टी क्लब पोखरा २५ हेम्जाका अध्यक्ष मनोज कार्की लगाएतको उपस्थिति रहेकोे थियो ।
कार्यक्रमको संचालन क्लबका सचिव जगत पौडेलले गरेका थिए भने धन्यवाद क्लबका प्रथम उपाध्यक्ष दयाराम सापकोटाले गरेक थिए ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
अर्जुन कुमालको कप्तानीमा गण्डकी क्रिकेट टोली घोषणा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते