लमजुङ – तीनजना बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको क्व्होलासोथर गाउँपालिका वडा नं -३ बस्ने ४३ वर्षीय नन्दमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता गंगा बहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार भाद्र ६ गते शनिबार गुरुङले खाली घरमा कोही नभएको मौका पारी ललाई फकाई ९ वर्षीया र ११ वर्षका दुई जना गरी तीन बालिकालाई जबर्जस्ती करणी गरेका थिए ।
तर, घटनाबारे शुक्रबार मात्र बालिकाले परिवारलाई जानकारी गराएपछि शुक्रबार नै गुरुङ बिरुद्द जाहेरी परेको थियो ।
पक्राउ परेका गुरुङलाई जिल्ला अदालत लमजुङमा पेश गरी २० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको थापाले बताए ।
सम्बन्धित खबर
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम