सावधान ! ठगिनुहोला, पोखरामा नाम चलेका पसलमै गरगहनामा मिसावट, ५ व्यापारी पक्राउ

सावधान ! ठगिनुहोला, पोखरामा नाम चलेका पसलमै गरगहनामा मिसावट, ५ व्यापारी पक्राउ

gahana

पोखरा, २६ माघ / पोखरामा केही नाम चलेकै सुनचाँदी पसलहरुले गहनामा मिसावट गरेर विक्री गर्दै आएको खुलासा भएको छ ।

आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका गरगहनामा मिसाबट गरी बिक्रि वितरण गरेको पाइएको हो ।

गरगहनामा मिसावटअभियोगमा पक्राउ पर्नेहरुमा दि युनाईडेट ज्वेलर्स प्रालिका संचालक महेन्द्रमान गुभाजु, गोर्खा वराह एण्ड ज्वेलर्सका हरिकुमार धमला, सिर्जनाचोकमा रहको अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसलका अर्जुनवहादुर विक, सिर्जनाचोकको सन्तोष सुनचाँदी पसलका सन्तोष विक र रामवजारमा रहेको दलवहादुर एण्ड सुनचाँदी पसलका महेश सुनार छन् ।

उनीहरुलाई कालो बजारी तथा सार्बजनिक अपराध सजाय ऐन २०३२ बमोजिमे म्याद थप गरी कानुन बमोजिमको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds