मच्छिन्द्रनाथ रथयात्राका क्रममा भएको झडपमा खटिएका १८ प्रहरीलाई कोरोना

मच्छिन्द्रनाथ रथयात्राका क्रममा भएको झडपमा खटिएका १८ प्रहरीलाई कोरोना

pulchok-jhadap

काठमाडौं । ललितपुरको पुल्चोकमा बिहीबार भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं उपत्यकामा कार्यरत कूल ५६ प्रहरी संक्रमित छन् । ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अनलाइनखबर डटकममा न्यूज छ ।

रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ