पोखराका एकसहित गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, आजै ८३ जना पुगे

पोखराका एकसहित गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, आजै ८३ जना पुगे

Gandaki covid corona 4

पोखरा महानगरपालिकाका १ जनासहित गण्डकी प्रदेशमा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय गण्डकीले आज जारी गरेको दोस्रो विज्ञप्ती अनुसार पोखराको वडा नम्बर ५ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नवलपरासीका (ब.सु.पू) का २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा तथा अन्य प्रदेशमा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरका २४ जनालाई एकैपटकमा पुष्टि भएको हो ।

यस्तै,  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गोरखाका १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का ९ महिला सहित ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । जिल्लाको अजिरकोट गाउँपालिकाका १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन । संक्रमित व्यक्ति भारतबाट आएको बताइएको छ ।

कोरोना भाइरस संक्रमित हुनेमा जिल्लाको गैंडाकोट नगरपालिका, कावासोती, देवचुली तथा विनयत्रिवेणीका रहेका छन् ।

यसैगरी, मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको भीरकोट नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ३ सय ९७ पुगेको छ । आज बिहानै पनि प्रदेशमा पोखरामा १६ सहित ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds