पोखरामा थप १६ जनामा कोरोना पुष्टि, वडा नं १५ का ७ प्रहरीलाई देखियो संक्रमण

पोखरामा थप १६ जनामा कोरोना पुष्टि, वडा नं १५ का ७ प्रहरीलाई देखियो संक्रमण

Pokhara 11

तस्वीरः अर्जुन बास्तोला

पोखरा – शुक्रबार पोखरामा एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ८ वडाका १६ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखरा १२ का २८ वर्षीया महिला, पोखरा १० का २३,२४ र २६ वर्षका पुरुष, पोखरा २७ का १८ र ४७ वर्षका पुरुष, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा ५ का ५० वर्षीय पुरुष, पोखरा ३० का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने पोखरा १५ मा नेपाल प्रहरीमा कार्यरत २६, ३१, २८, २९, २६, २९ र २७ वर्षका गरी ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले पुष्टि गरेको छ ।

पोखरामा आज संक्रमण पुष्टि भएका मध्ये दुई जना महिला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे’ क्लिनिकमा कोरोना परीक्षण गर्न आएका हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

यस बाहेक आज नै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँका २, लमजुङका ३, स्याङ्गजाका १ र नवलपुरका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ । संक्रमित सबैलाई सम्बन्धित आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ