पोखरा ६ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

पोखरा ६ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

corona-death

सांकेतिक तस्बिर ।

पोखरा – पोखरामा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं -६ निवासी ३७ वर्षीय पुरुषको आज उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा साँझ ५:५० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

ती पुरुषलाई पश्चिमान्चल क्षेत्रीय संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट आज बिहान ५:२० बजे रिफर गरी प्रतिष्ठानको कोरोना उपचार केन्द्रको आइसियुमा राखिएको थियो ।

कोरोना पोजेटिभ भइ प्रतिष्ठानमा मृत्यु हुनेमा उनी आठौँ संक्रमित छन् ।

आज नै तनहुँ म्याग्देकी ९२ वर्षीया बृद्धा  र नवलपुर गैंडाकोट २ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds