बाग्लुङ – अविरल वर्षाका कारण बाग्लुङको ढोरपाटनस्थित बोवाङमा गएराति बाढी आउँदा १३ जना बेपता भएका छन् । भने, बाढीमा पुरिएका मध्ये ६ जनाको शव फेला परेको छ ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार ढोरपाटन नगरपालिका बोवाङस्थित ६, ७, ८ र ९ वडामा वर्षापछि भुजिखोलामा आएको बाढीले बुधबार राति अन्दाजी ११ बजेको समयमा खोला किनारका बस्ती बगाएको हो ।
“अहिले २०/२५ घर बगाएको स्थानीयले बताएका छन् , प्रहरी घटनास्थल पुगिसकेको छ, बेपत्ताको सूची निकाल्दा १३ जना हराएको भन्ने कुरा आएको छ।” प्रजिअ न्यौपानेले गण्डक न्युजसंग भने ।
न्यौपानेका अनुसार बाढीले सबैभन्दा क्षती बोवाङको वडा नम्वर ७ मा पुर्याएको छ । घटनास्थलमा अहिले स्थानीय, जनप्रतिनिधी र प्रहरी सहितको टोलीले खोजी तथा उद्दारको कार्य गरिरहेको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते