बिहीबार गण्डकी प्रदेशमा भारी वर्षाको सम्भाबना, सतर्क रहन महाशाखाको आग्रह

बिहीबार गण्डकी प्रदेशमा भारी वर्षाको सम्भाबना, सतर्क रहन महाशाखाको आग्रह

rainning-probability

पोखराजल तथा मौसम विज्ञान विभागले बिहीबार बिहानदेखि गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार गण्डकीमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षा गराउने बादलको विकास भैरहेकाले सो अनुरुप सतर्क हुन पनि विभागले आग्रह गरेको छ ।

यस्तै बिहीबार राती पनि गण्डकी प्रदेश सहित बागमती प्रदेश, सुदुर पश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार भने देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ