काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । उनले उम्मेदवारी फारम भने लगेका थिए । पाण्डेले अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् ।
एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका डोरमणि पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् । एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।
प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । ५८ मध्ये ओली पक्षमा ३४ जना रहेको दावी गरिएको छ । महिला र पार्टीको सिनियर नेता भएका कारण अष्टलक्ष्मीले ओली समूहको मत पनि तान्न सक्ने अनुमान नेपाल पक्षको छ ।
तर, एमाले नेतृत्वले न त सहमतिको प्रयास गर्यो न त आन्तरिक चुनावलाई गुटका आधारमा खुलेर समर्थन नै गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शाक्यलाई बोलाएर परामर्श गरेका थिए । शाक्यले चुनाव नै भएपछि आफूले जित्ने बताएपछि ओलीले शुभकामना दिएको स्रोतले बताएको छ ।
सम्बन्धित खबर
कीर्तिपुर जग्गाको साइनो ललिता निवाससँग छैन – शंकर पोखरेल
रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा
भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा
चोभारको आदिनाथ मन्दिरमा एक महिने मेला शुरु
यस वर्षको बडादशैँ सकियो
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु