तनहुँको शुक्लागण्डकी नगरपालिकाकी २० वर्षिया युवतीमा कोरोना पुष्टि

तनहुँको शुक्लागण्डकी नगरपालिकाकी २० वर्षिया युवतीमा कोरोना पुष्टि

corona-affected

सांकेतिक तस्बिर ।

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार शुक्लागण्डकी नगरपालिका-५ की युवतीमा कोरोना संक्रमण पुष्टि भएको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।

स्वास्थ निर्देशनालय गण्डकीले वडा उल्लेख नगरी तनहुँको शुक्लागण्डकी मात्रै लेखेर विज्ञप्ती सार्वजनिक गरेको छ ।

गत भदौ १४ गते नगरपालिकाले २६ जना स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागी पठाएको प्रवक्ता कुमालले बताए ।

‘कन्ट्याक्ट ट्रेसिङ, क्वरेन्टिन र होम क्वारेन्टिन गरि २६ जनाको स्वाब पठाएका थियौ ।’ कुमालले भने ‘अन्य २५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।’

संक्रमित युवतीको बुबा भारतीय सेनामा कार्यरत छ्न, उनी केहिसमय अघि घर आएर होम क्वारेन्टिनमा बसेका थिए ।

केहिदिन अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएसंगै उनका परिवारको समेत कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ