काठमाडौं । कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।
यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते